निर्माण सिजन सुरू भएसँगै सिमेन्ट उद्योगीहरूले पुनः मूल्य वृद्धि गरेका छन्। नेपाल निर्माण सामग्री व्यापार संघका अनुसार गत शुक्रबारदेखि ओपिसी सिमेन्टमा प्रतिबोरा ३० रूपैयाँ र पिपिसी सिमेन्टमा प्रतिबोरा ५० रूपैयाँले मूल्य बढेको छ।
दसैंअघि काठमाडौंमा पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ५२५ रूपैयाँसम्म र ओपिसी सिमेन्ट ६२५ रूपैयाँसम्म थियो। मूल्यवृद्धिपछि पिपिसी सिमेन्ट ६५०–७०० रूपैयाँ र ओपिसी सिमेन्ट ७३०–७८० रूपैयाँ पुगेको छ।
कात्तिकदेखि लगातार भएको मूल्यवृद्धिले एक महिनामा सिमेन्टको मूल्य डेढसय रूपैयाँभन्दा बढीले बढेको छ। यसले उपभोक्तालाई थप आर्थिक भार पारेको छ।






















प्रतिकृया