नेपाल वायुसेवा निगमको आन्तरिक उडान किन बन्द भयो?



Advertisement
Ads

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। आन्तरिक उडानका लागि प्रयोग भइरहेको अन्तिम ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि सेवा ठप्प भएको हो।


Advertisement

निगमका अनुसार, दुईवटा ट्विनअटर जहाजमध्ये एक जहाज गत जेठदेखि नै ग्राउन्डेड अवस्थामा थियो। आइतबारबाट दोस्रो जहाजको इन्जिनको उडान आवर सकिएपछि आन्तरिक उडान सेवा पूर्ण रूपमा रोकिएको हो।


Advertisement

इन्जिनको उडान आवर समाप्त हुने जानकारी पहिल्यै प्राप्त भएर नयाँ इन्जिन अर्डर गरिएको भए पनि अहिलेसम्म डेलिभरी नभएको निगमले जनाएको छ। उपलब्ध इन्जिन प्रयोग गरेर उडान सञ्चालनको प्रयास असफल भएको निगमको भनाइ छ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर