प्रधानमन्त्री कार्यालयले किन सोध्यो गृह सचिवलाई सात दिने स्पष्टीकरण ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
प्रधानमन्त्री कार्यालयले किन सोध्यो गृह सचिवलाई सात दिने स्पष्टीकरण ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएको भन्दै गृह सचिव गोकर्णमणी दुवाडीलाई सात दिने स्पष्टीकरण माग गरेको छ।

हाल विदेशमा रहेका सचिव दुवाडीलाई प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पत्र पठाउँदै कारण स्पष्ट पार्न र सबै विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन्।

भिजिट भिसा दुरुपयोग प्रकरणमा उनका विश्वास पात्र सहसचिव तीर्थ भट्टराई अनुसन्धानमा परेपछि विमानस्थलमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको खुलेको हो। अख्तियारको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले गृहलाई कारबाहीको चेतावनीसहित पत्राचार गरेको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स