SHAREHUBSHAREHUB

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले किन छापा मर्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २६ गते
AdvertisementAds
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले किन छापा मर्यो?
AdvertisementAds

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार प्रहरीले छापा मारेको छ।

योनहाप समाचार संस्थाका अनुसार, सियोल महानगरीय प्रहरी र राष्ट्रिय प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको हो।

यो कारबाही राष्ट्रपति युनले हालै देशमा लागू गरेको ‘मार्सल ल’ सम्बन्धी अनुसन्धानको एक हिस्सा भएको बताइएको छ।

रिपोर्टअनुसार छापा मारिएका बेला राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्। उनले गत हप्ता मंगलबार र बुधबारको बीचमा ‘मार्सल ल’ लागू गरेका थिए, तर चर्को विरोधपछि निर्णय लागू भएको ६ घण्टामै फिर्ता लिएका थिए।

यस घटनापछि राष्ट्रपति युनको कदमलाई लिएर देशभरि तीव्र विरोध भइरहेको छ। उनीविरुद्ध अहिले अनुसन्धान समेत भइरहेको बताइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स