नेपाली कांग्रेस कपिलवस्तुले पार्टीको निर्णयविरुद्ध काम गरेको भन्दै दीपकुमार उपाध्यायसहित १९ जनालाई कारबाहीको सिफारिस गरेको छ। उपाध्यायका छोरा आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दिंदै कांग्रेसको निर्णयलाई उल्लंघन गरेपछि दीपकुमार उपाध्यायलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रदेश र केन्द्रमा सिफारिस गरिएको हो। आशिष शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्।
कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिको मंगलबार बसेको बैठकले उपाध्यायका साथै बागी उम्मेदवार आशिष, र कांग्रेस कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँलाई पनि पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। उक्त सिफारिस लुम्बिनी प्रदेश समिति र केन्द्रीय अनुशासन समितिमा पठाइएको छ। यसैबीच, कपिलवस्तु १ मा कांग्रेसले उम्मेदवारका रूपमा अतहर कमल मुसलमानलाई चयन गरेको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया