SHAREHUB SHAREHUB

किन २४२ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १८ गते
Advertisement Ads
किन २४२ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा ?
Advertisement Ads

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २४२.६६ प्रतिशतले बढेर २ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएका कारण बैंकको नाफा बढेको हो।

पहिलो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी ७७.२८ प्रतिशतले बढेर ७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १९६.६३ प्रतिशतले बढेर ९० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, सञ्चालन आम्दानी ८२.१० प्रतिशतले बढेर ८ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन मुनाफा भने २४२.६२ प्रतिशतले बढेको छ।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

Advertisement Ads

समीक्षा अवधिसम्ममा बैंकले ७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात १.८ प्रतिशतबाट घटेर ०.५५ प्रतिशतमा सिमित भएको छ।

बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य नाफा १७ करोड ७९ लाख रुपैयाँ रहेको छ। यस्तै, नाफाका आधारमा वार्षिक लाभांश क्षमता करिब १८.३१ प्रतिशत रहेको छ। गत वर्ष वितरणयोग्य नाफा १५ करोड ५४ लाख रुपैयाँ र लाभांश क्षमता १३.८४ प्रतिशत थियॊ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर ८ रुपैयाँ २९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (P/E ratio) ६५.१४ गुणा रहेको छ।

MDB 1 https://bajarkochirfar.com/why-did-miteri-development-banks-profit-increase-by-242-percent | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स