मलेसियाले किन निकाल्यो १३ जना नेपालीलाई ?

मलेसियाले किन निकाल्यो १३ जना नेपालीलाई ?
AdvertisementAds

मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। उनीहरू गत साता काठमाडौं आइपुगेका छन्। यी श्रमिकहरू विभिन्न मेनपावरमार्फत मलेसिया पुगेका थिए, तर कम्पनी फेर्ने, प्रवेशाज्ञाको म्याद सकिएपछि काम गर्नेलगायत कानुनी उल्लंघन गरेपछि मलेसियाले उनीहरूको निष्कासन गरेको हो।

अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरेका थिए, र पछि मालिन्दो एयरलाइन्सको जहाजमार्फत नेपाल पठाइएको हो। निष्काशित हुनेमा जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार, लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री, सोनु विक, र कमल कुमार शाही समावेश छन्।

त्यहाँको अध्यागमन कानुन उल्लंघनको विषयमा भने विस्तृत जानकारी खुलेको छैन। कतिपय निष्काशित श्रमिकहरूले नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको पाइएको छ। मलेसियाको श्रम बजार नेपालका लागि एक आकर्षक गन्तव्य बनेको छ, र नेपालले लामो समयदेखि श्रम सम्झौतामा आधारित नेपाली श्रमिकलाई मलेसिया पठाउँदै आएको छ। यद्यपि, मलेसियाको अध्यागमनले कम्पनी फेर्ने, ओभर स्टे गर्ने, र आपराधिक गतिविधिमा संलग्न विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स