नबिल बैंकसहित तिन कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?



Advertisement
Ads

तिन कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेका छन्। नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका संस्थापक सेयर बिक्रीमा राखेका हुन्।

नबिल बैंकले आफ्ना तीन संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठ (५० हजार कित्ता), जिज्ञाशा अर्याल (५० हजार कित्ता) र जश श्रेष्ठ (२५ हजार कित्ता) को कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। जश श्रेष्ठको २५ हजार कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ। बाँकी १ लाख कित्ता सेयरको न्यूनतम मूल्य हाल तोकिएको छैन।

नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

ती सेयर खरीदका लागि हाल विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिइएको छ। इच्छुक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंस्थित सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रारमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य खुलाएर आवेदन दिनुपर्नेछ। यदि निर्दिष्ट मितिभित्र आवेदन नआएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्रीमा राखिने बैंक तथा कम्पनीहरूले जानकारी दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर