गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले जारी गरेको सूचनाअनुसार कुल ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराइएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकेको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा, बैंकले उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।




















प्रतिकृया