एनएमबि बैंक लिमिटेडले कुल २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ, जसमा काली दाश गोतामेको नाममा २ लाख १६ हजार ३४५ र कल्पना पाण्डेको नाममा ७३ हजार ९५१ कित्ता सेयर छन्।
राष्ट्र बैंकको नियमअनुसार संस्थापक सेयर बिक्री गर्दा बैंकका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने भएकाले अहिले आवेदन दिने अधिकार केवल यी संस्थापक सेयरधनीहरूसम्म सीमित छ। इच्छुक सेयरधनीहरूले आगामी ३५ दिन भित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ।
निवेदन प्राप्त भएपछि बैंकले खरीदकर्ता र बिक्रेताबीच सहमतिमा प्रक्रिया अगाडि बढाउनेछ। यदि सो अवधिमा सबै सेयर बिक्री नहुने वा आवेदन नआएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया