वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु मात्र आवेदन दिन सक्नेछन। सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।




















प्रतिकृया