अब फटाफट कुन-कुन कम्पनीहरूको हकप्रद सेयर आउने?

अब फटाफट कुन-कुन कम्पनीहरूको हकप्रद सेयर आउने?

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा डेढ दर्जन बढी कम्पनीहरु हकप्रद सेयर निष्काशनको अनुमतिको पर्खाइमा रहेका छन् । ती मध्ये अधिकांश हाईड्रोपावर कम्पनीहरू छन् भने केही निर्जीवन बीमा र जीवन बीमा कम्पनीहरू पनि छन्। हाईड्रोपावर कम्पनीहरूले ऋण तिर्ने प्रयोजनका साथै नयाँ आयोजना विस्तार गर्नका लागि पुँजी संकलन गर्ने उद्देश्यले हकप्रद सेयर निष्काशन गर्ने लागेका हुन। त्यस्तै बीमा कम्पनीहरूले भने बीमा प्राधिकरणले तोकेको चुक्तापुँजीको न्यूनतम मापदण्ड पूरा गर्न हकप्रद निष्काशन गर्न लागेका हुन्।

धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमनसँगै हकप्रद सेयर निष्काशनका प्रक्रियाहरुले पनि छिटो गति लिने अपेक्षा गरिएको छ। यसले गर्दा बोर्डमा अनुमति पर्खाइमा रहेका कम्पनीहरुले चाँडै नै हकप्रद सेयर निष्काशन गर्न सक्ने देखिएको छ। पछिल्लो केहि समयको ट्रेन्ड हेर्दा हकप्रद सेयर खानु फाइदाजनक देखिएकाले लगानीकर्ताहरु हकप्रद निष्काशन गर्न लागेका कम्पनीहरु प्रति आकर्षित देखिन्छन। धितोपत्र बोर्ड बाट हकप्रदको अनुमति पाईसकेपछि कम्पनीहरुले हकप्रद निष्काशनका लागि बुक क्लोजको मिति तय गर्ने गर्दछन। बुक क्लोज भएपछि सेयर मूल्य एडजस्ट हुने गर्दछ। हकप्रद सेयर १०० रुपैयाँमै पाइने र एडजस्टमेन्ट पछि सेयर मूल्य बढ्ने हुँदा लगानीकर्ताहरु राम्रो नाफामा जाने पछिल्लो ट्रेन्डका कारण लगानीकर्ताहरु हकप्रद निष्काशन गर्न लागेका कम्पनीहरु प्रति आकर्षित भएका हुन्।

के हो हकप्रद सेयर ?
हकप्रद सेयर विशेषगरी हाल कायम सेयरधनीलाई मात्र प्रस्ताव गरिने सेयर हो। यसले सेयरधनीलाई हाल कायम स्वामित्व अनुपातमा थप सेयर खरिद गर्ने मौका दिन्छ। कम्पनीका लागि यो पुँजी संकलनको सजिलो माध्यम हो भने लगानीकर्ताका लागि यो बजार मूल्यभन्दा कममा सेयर खरिद गर्ने अवसर हो। यसरी हकप्रद सेयर कम्पनी र लगानीकर्ता दुबैका लागि लाभदायक हुने गरेको छ।

अधिकांश हाईड्रोपावर कम्पनीहरु
हाल धितोपत्र बोर्डमा १२  हाइड्रोपावर कम्पनीहरुले अनुमति प्रखाई गरिरहेका छन्। सेबोनका अनुसार बाराही हाइड्रोपावर लिमिटेड, रिभर फल्स पावर लिमिटेड, शिव श्री हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, सीइडीबी होल्डिङ्ग्स, तेर्हथुम हाइड्रोपावर, छ्याग्दी हाइड्रोपावर, वरुण हाइड्रोपावर, राप्ती हाइड्रोपावर, जोशी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर,र दोर्दी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको लागि निवेदन दिएका छन्। यी मध्ये कतिपयको हकप्रद सेयर निष्काशनको कहीं हदसम्म अगाडि बढिसकेको छ भने कतिपयको प्रक्रिया सुरुवातमै रहेको छ।

Green Minimalist Financial Services Table Graph 1024 x 1500 https://bajarkochirfar.com/which-companies-are-quickly-issuing-rights-shares | %tags

निर्जीवन बीमा कम्पनीहरु
हाल धितोपत्र बोर्ड(सेबोन)मा ५ निर्जीवन बीमा कम्पनीहरुले हकप्रद सेयर निस्काशनका लागि अनुमति पर्खिरहेका छन। सेबोनका अनुसार नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सानिमा जीआइसी इन्स्योरेन्स, युनाइटेड अजोड र नेपाल इन्स्योरेन्सले हकप्रद निष्कासनको लागि निवेदन दिएका छन।

Green Minimalist Financial Services Table Graph 1 https://bajarkochirfar.com/which-companies-are-quickly-issuing-rights-shares | %tags

जीवन बीमा कम्पनीहरु
हाल धितोपत्र बोर्ड (सेबोन)मा ३ निर्जीवन बीमा कम्पनीहरुले हकप्रद सेयर निस्काशनका लागि अनुमति पर्खिरहेका छन। सेबोनका अनुसार एशियन लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासनको लागि अनुमति पर्खिरहेका हुन।

Green Minimalist Financial Services Table Graph https://bajarkochirfar.com/which-companies-are-quickly-issuing-rights-shares | %tags

प्रतिक्रिया र समीक्षाको अन्तिम चरणमा रहेका कम्पनीहरु
सेबोनका अनुसार प्रतिक्रिया दिइएको र समीक्षामा  ७ कम्पनीहरु रहेको छन । सेबोनले अनुमति दिएसँगै दोर्दी खोला हाईड्रोपावरले १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यता, राप्ती हाइड्रोपावरले पनि १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। त्यस्तै, नेकाे इन्स्योरेन्सले १:०:२५ अनुपातमा ५ लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। जोशी हाइड्रोपावरले १:०:२५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। त्यसैगरी, वरुण हाइड्रोपावर १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ भने छ्याङदी हाइड्रोपावर पनि १:१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। साथै, खानी खोला हाइड्रोपावरले पनि १:१ अनुपातमा  ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यी कम्पनीले सेबोनबाट अनुमति पाएसंगै हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउने छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स