गत आर्थिक वर्षको नाफाबाट कुन सिमेन्ट कम्पनीले कति लाभांश दिए ?



Advertisement
Ads

नेप्सेमा सुचिकृत ४ सिमेन्ट कम्पनी मध्ये २ कम्पनीले मात्र गत वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई  लाभांश दिने निर्णय गरेका छन्।शिवम् सिमेन्ट्स  र सर्बोत्तम सिमेन्ट्सले मात्रै लाभांश दिने निर्णय गरेका हुन्। अन्य दुई कम्पनीहरू, सोनापुर मिनरल्स र घोराही सिमेन्ट्सले भने लाभांश नदिने निर्णय गरेका छन्।

शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ८.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


Advertisement

त्यस्तै, सर्वोत्तम सिमेन्ट्सले कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर