instainsta

सर्वसाधारणका लागि निफ्राको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सर्वसाधारणका लागि निफ्राको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट आईएमई लिमिटेड बाहिरिने भएको छ। आईएमई लिमिटेडले आफ्नो नाममा रहेको सम्पूर्ण संस्थापक सेयर बिक्रीमा राख्दै बैंकबाट बाहिरिने निर्णय गरेको हो। निफ्रामा आईएमई लिमिटेडको ०.५० प्रतिशत अर्थात् १० लाख ८० हजार कित्ता संस्थापक सेयर रहेको छ, जसको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। सो मूल्यअनुसार आईएमई लिमिटेडले कुल १६ करोड २० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको छ।

उक्त सेयर सर्वसाधारणसहित इच्छुक व्यक्ति वा संस्थाले खरिद गर्न सक्नेछन्। सेयर खरिद गर्न चाहने लगानीकर्ताले बैंकको सूचना प्रकाशित भएको ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ। बैंकले आवेदन दिने व्यक्तिले सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था पनि गरेको छ।

सेयर खरिदका लागि आवेदन काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा दिनुपर्नेछ। यदि आवेदन पेश गर्ने समयसूचीमा सार्वजनिक बिदा परेको खण्डमा, आवेदन भोलिपल्ट अर्थात् कार्यालय खुलेको दिन आवश्यक कागजातसहित पेश गर्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स