सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीको स्वामित्वमा रहेका ३० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराइएको हो।
सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिनुपर्नेछ भने यो सेयर खरिदका लागि कम्पनी, व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। प्रारम्भमा बैंकले संस्थापक सेयरधनीका लागि ३५ दिनको सूचना जारी गरेर बिक्रीमा राखेको थियो, तर कुनै आवेदन नपरेको कारण सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले आफ्नो आवेदन काठमाडौं, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ, जहाँ उनीहरुले खरिद गर्न चाहेको कित्ता संख्या र मूल्य दर उल्लेख गरी निवेदन दिनुपर्नेछ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया