निर्वाचनका दिन यात्रुका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा, कहाँ-कहाँ चल्दैछन्?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचनका दिन यात्रुका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा, कहाँ-कहाँ चल्दैछन्?

निर्वाचनका दिन यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न नेपाल पर्यटन बोर्डले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ।

बोर्डका अनुसार यो सेवा विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने–जाने आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुका लागि उपलब्ध गरिएको हो। विमानस्थलदेखि काठमाडौं उपत्यकाका प्रमुख होटल र पर्यटकीय क्षेत्रसम्म सटल बस सेवा उपलब्ध गराइएको छ। सेवा बिहान ५ बजे सुरु भएर बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचनका कारण सवारी साधनको असहजता हुन सक्ने भएकाले यात्रु र पर्यटकले सहज रूपमा विमानस्थल पुग्न यो सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ।

सटल बस सेवा तीन फरक मार्गमार्फत सञ्चालन हुनेछ:

पहिलो मार्ग: न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, नयाँबजार, दरबारमार्ग, गौशाला हुँदै विमानस्थल।

दोस्रो मार्ग: महाराजगञ्ज, नारायणथान, धुम्बाराही, चाबहिल, बौद्ध हुँदै विमानस्थल।

तेस्रो मार्ग: कुपण्डोल, त्रिपुरेश्वर, कलंकी, एकान्तकुना, सातदोबाटो, ग्वार्को, नयाँ बानेश्वर हुँदै विमानस्थल।

पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले निर्वाचनका दिन यात्रुहरूले समयमै विमानस्थल पुग्न र गन्तव्यमा सहज रूपमा यात्रा गर्न यस सेवाको उपयोग गर्न आग्रह गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स