जोशी हाइड्रोपावरको स्थगित साधारणसभा अब कहिले बस्दै ?



Advertisement
Ads

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । अब उक्त स्थगित साधारण सभा माघ २४ गते बोलाएको छ । कम्पनीले यसअघि प्रस्तावित सबै प्रस्ताव यथावत् राख्दै सभा बोलाएको छ। सभा काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान १० बजेबाट सुरु हुनेछ।


Advertisement

सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर