रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड यही पुस १८ गते शुक्रबार हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सोमबार प्रि–अलोटमेन्ट सम्पन्न भइसकेको छ र बाँडफाँडका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। उक्त आईपीओमा मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन परेको थियो। कुल ५ लाख ८३ हजार ९७५ जना आवेदकबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ताका लागि आवेदन परेको हो ।आईपीओ बाँडफाँड पश्चात कुल १८ हजार ४९५ जना आवेदकले ५०।५० कित्ताका दरले सेयर हात पार्नेछन्। यस्तै, तीमध्ये ३६ जनाले आवेदकले भने ५१।५१ कित्ता सेयर हात पार्नेछन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया