SHAREHUBSHAREHUB

कहिले हुँदैछ कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ४ गते
AdvertisementAds
कहिले हुँदैछ कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड ?
AdvertisementAds

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले सोमबार अर्थात् वैशाख ७ गते आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले चैत्र २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६८ हजार ४७५ जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स