लाभांश पारित गर्न नेको इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा जेठ ९ गते बस्दैछ। सभा नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ। सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गरिसकेको छ।जस अनुसार वैशाख २९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया