instainsta

कहिले हुँदैछ बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २० गते
कहिले हुँदैछ बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड?
AdvertisementAds

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ अर्को साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार हालसम्म प्रि-आलोटमेन्ट भएको छैन। तर, आइतबारसम्म प्रि-आलोटमेन्ट हुने र बुधबारभित्र बाँडफाँट सम्पन्न हुने अपेक्षा गरिएको छ।

कम्पनीले भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको थियो। सो आईपीओमा २५ लाख १२ हजार १२२ जनाले आवेदन दिएका थिए। यसअनुसार कुल २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता माग परेको छ।

कुल मागभन्दा झण्डै ७ गुणा बढी आवेदन परेकाले करिब २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ। भाग्यशाली ४ लाख ३४ हजार १०८ जनाले भने प्रत्येकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स