एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेकाले यो दोस्रो चरण सर्वसाधारणका लागि खुल्न लागेको हो।
बाँकी सेयरमध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याइएको छ। यसपछि बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि खुला हुनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन्, जसका लागि कम्तीमा १ हजार र बढीमा ५० लाख रुपैयाँ आवश्यक पर्नेछ।
आवेदन कात्तिक १९ देखि खुली कात्तिक २३ गते बन्द हुनेछ। कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता जनाउँछ। प्रभु क्यापिटल लिमिटेडले यस आईपीओको बिक्री व्यवस्थापन गर्नेछ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया