SHAREHUBSHAREHUB

कहिले हुदैछ सोलु हाईड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ८ गते
AdvertisementAds
कहिले हुदैछ सोलु हाईड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत ?
AdvertisementAds

सोलु हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ नेप्सेमा अर्को साता अन्त्यतिर सूचीकृत हुने भएको छ। आवश्यक कागजात नेप्सेमा पठाइएको र सूचीकरण अर्को साता अन्त्यतिर हुन सक्ने सेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्टका एक कर्मचारीले बताए।

आईपीओका लागि माघ २९ गते सिडीएससी , कम्पनी तथा नविल इन्भेष्टमेन्ट बैंकिङ्गबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। अब लगानीकर्ताहरूको डिम्याट खातामा आईपीओ सेयर जम्मा हुनेछ।

नेप्सेमा सूचीकृत भएपछि, कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। पहिलो कारोबारको लागि नेप्सेले तोक्ने ओपनिङ रेन्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स