जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरमा १ बराबर ०.६५ को अनुपातमा जम्मा २४ लाख १४ हजार १ सय कित्ता सेयर जारी गर्न लागेको हो।
यसअघि कम्पनीले असार ८ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, असार ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ ४ गते रहेको छ।
यस हकप्रद सेयर निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ। हाल जोशी हाईड्रोपावरको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।
हकप्रद सेयरपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।














![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)





![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया