संस्थापक र सर्वसाधारण सेयर छुट्याउने प्रस्तावित आइजिन निर्देशिकामा के व्यवस्था छ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
संस्थापक र सर्वसाधारण सेयर छुट्याउने प्रस्तावित आइजिन निर्देशिकामा के व्यवस्था छ?

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्रको अभौतिकीकरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ ।

प्रस्तावित मस्यौदामा  धितोपत्रको अन्तर्राष्ट्रिय परिचय नम्बर अर्थात् ‘आइजिन’ (ISIN) सम्बन्धी स्पष्ट र कडा व्यवस्था हो ।

संस्थापक र सर्वसाधारणका लागि छुट्टाछुट्टै आइजिन अनिवार्य

प्रस्तावित निर्देशिकामा संगठित संस्थाहरूले संस्थापक र सर्वसाधारण शेयरधनी समूहका लागि अनिवार्य रूपमा फरक-फरक आइजिन (ISIN) लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा भनिएको छ, “संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको शेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण शेयर समूहलाई छुट्टाछुट्टै आइजिन प्रदान गर्नु पर्नेछ”

यसअघि एउटै आइजिन प्रयोग भइरहेका तर ‘लक-इन’ (Lock-in) अवधिमा रहेका संस्थापक शेयरहरूलाई पनि यो निर्देशिका लागू भएपछि फरक आइजिन प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

Stay Updated With 1 21 https://bajarkochirfar.com/what-is-the-provision-in-the-proposed-igin-directive-for-separating-founder-and-general-shares | %tags
यो पनि पढ्नुहोस

पन्दाकलाई सीडीएससीबाट हटाउने प्रयास असफल, अदालतले दिएन अन्तरिम आदेश

आइजिन गाभ्ने र छुट्याउने प्रक्रिया

कुनै धितोपत्रका लागि प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने अवस्था आएमा (जस्तै: लकिङ्ग अवधि सकिएर संस्थापक शेयर सर्वसाधारणमा परिणत हुँदा), कम्पनीले निवेदन दिएर आइजिन गाभ्न (Merger) सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, एउटै आइजिन भएको धितोपत्रलाई कानुनी आवश्यकता अनुसार फरक गर्नुपर्ने भएमा छुट्याउन पनि सकिनेछ । यसका लागि सम्बन्धित संस्थाले निम्न कागजात पेश गर्नुपर्ने प्रस्ताव छ:

१. साधारण सभाबाट पारित निर्णयको प्रमाणित प्रतिलिपि,

२. राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण,

३. धितोपत्र बोर्ड र धितोपत्र बजारलाई जानकारी गराएको प्रमाण,

४. प्रचलित कानुनको पालना भएको स्वघोषणा ।

Stay Updated With 1 21 https://bajarkochirfar.com/what-is-the-provision-in-the-proposed-igin-directive-for-separating-founder-and-general-shares | %tags
यो पनि पढ्नुहोस

दोहोरो आईजीन विवादमा अरु उपाय केही नलागेपछि पन्दाकको नियुक्तिको विषय लिएर अदालतमा रिट

गोपनीयता र तथ्याङ्क सुरक्षा

मस्यौदामा निष्काशन तथा बिक्री प्रबन्धकहरूलाई आइजिनसँग सम्बन्धित विवरण र तथ्याङ्कहरू गोप्य राख्न कडा निर्देशन दिएको छ । नेपाल सरकार, अदालत वा बोर्डले माग गरेको अवस्थामा बाहेक यस्ता विवरणहरू अन्यत्र सार्वजनिक गर्न पाइने उल्लेख छ।

POLITICS 11 https://bajarkochirfar.com/what-is-the-provision-in-the-proposed-igin-directive-for-separating-founder-and-general-shares | %tags
यो पनि पढ्नुहोस

ISIN विवाद: लक-इन अघिनै लुकेर सेयर बेच्ने नपाउने भएपछि इप्पानको रोइलो

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स