SHAREHUB SHAREHUB

पन्दाकलाई सीडीएससीबाट हटाउने प्रयास असफल, अदालतले दिएन अन्तरिम आदेश

Advertisement Ads
पन्दाकलाई सीडीएससीबाट हटाउने प्रयास असफल, अदालतले दिएन अन्तरिम आदेश
Advertisement Ads

उच्च अदालत पाटनले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख प्रविन पन्दाकको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले पन्दाकको नियुक्ति प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै नियुक्ति बदर गर्न र कामकाज रोक्न अन्तरिम आदेश माग गरेका थिए। तर संयुक्त इजलासका न्यायाधीश सोमकान्त मैनाली र नारायणप्रसाद सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको आदेश दिएको हो।

Stay Updated With 1 21 https://bajarkochirfar.com/attempt-to-remove-pandak-from-cdsc-fails-court-does-not-issue-interim-order | %tags
यो पनि पढ्नुहोस

दोहोरो आईजीन विवादमा अरु उपाय केही नलागेपछि पन्दाकको नियुक्तिको विषय लिएर अदालतमा रिट

अदालतले सीडीएससी सञ्चालक समितिको २०८१ पुस १४ गतेको निर्णयअनुसार पन्दाकलाई प्रबन्ध सञ्चालक नियुक्त गरी ४ वर्षका लागि सम्झौता गरिएको र २०८१ पुस १७ गतेदेखि कामकाज गर्दै आएको देखिएको उल्लेख गरेको छ।

निवेदकले उठाएका कानुनी प्रश्नहरू लिखित जवाफ र अन्तिम सुनुवाइका क्रममा सम्बोधन हुने भन्दै हालका लागि अन्तरिम आदेश आवश्यक नरहेको अदालतको ठहर छ।

Advertisement Ads

POLITICS 11 https://bajarkochirfar.com/attempt-to-remove-pandak-from-cdsc-fails-court-does-not-issue-interim-order | %tags
यो पनि पढ्नुहोस

ISIN विवाद: लक-इन अघिनै लुकेर सेयर बेच्ने नपाउने भएपछि इप्पानको रोइलो

रिटमा पन्दाकको नियुक्ति संविधान, प्रचलित कानुन र संस्थागत विनियमावलीविपरीत भएको दाबी गरिएको थियो। सीडीएससीमा नेपाल सरकारको झन्डै ५० प्रतिशत सेयर स्वामित्व रहेकाले प्रमुख कार्यकारीको नियुक्ति मन्त्रिपरिषद्बाट हुनुपर्नेमा सञ्चालक समितिले आफैं नियुक्ति गरेको आरोप लगाइएको थियो।

त्यस्तै, दोहोरो ‘इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर’ (ISIN) विवादलाई जबर्जस्ती अघि बढाउँदा सेयर अभौतिकीकरण प्रक्रिया प्रभावित भएको, संस्थापक सेयर निष्क्रिय बनेको र करिब ३५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जोखिममा परेको दाबी पनि रिटमा थियो।

Protected Bajarko Notice e1771585570524 https://bajarkochirfar.com/attempt-to-remove-pandak-from-cdsc-fails-court-does-not-issue-interim-order | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स