सर्वसाधारणका लागि नेपाल लाइफ इन्स्योरेन्सको सेयर लिलामीमा, कति तोकियो मूल्य ?

सर्वसाधारणका लागि नेपाल लाइफ इन्स्योरेन्सको सेयर लिलामीमा, कति तोकियो मूल्य ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि संस्थापक समूहअन्तर्गत ५० हजार कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। उक्त सेयर इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसमा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।

बोलपत्र पेश गर्ने अवधि आज वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म बैंकिङ समयभित्र कायम गरिएको छ। आवेदन फाराम गरिमा क्यापिटल लिमिटेडको काठमाडौंको कमलपोखरीस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही कार्यालयमा बुझाउनुपर्नेछ।

download 12 https://bajarkochirfar.com/what-is-the-price-set-for-the-public-auction-of-nepal-life-insurance-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स