insta insta

अब दुबईमा काम गर्ने नेपाली श्रमिकको न्यूनतम तलब कति ?

अब दुबईमा काम गर्ने नेपाली श्रमिकको न्यूनतम तलब कति ?
Advertisement Ads

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्ने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा सोभन्दा माथि हुने गरी लागू गरेको निर्णय कार्यान्वयनमा आएको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित भएसँगै अबदेखि म्यानपावर कम्पनीहरूले तोकिएको भन्दा कम तलबमा श्रमिक पठाउन नपाउने भएका छन्।

सरकारले गत जेठमा नै पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो। जुन राजपत्र प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। नयाँ व्यवस्थाअनुसार अब १ हजार दिरामभन्दा कम तलब तथा सुविधासहित आएको मागपत्र सरकारले प्रमाणीकरण गर्ने छैन।

यसअघि अदक्ष श्रमिकका लागि न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएको थियो भने अब अदक्ष श्रमिकका लागि न्यूनतम १ हजार दिराम मासिक तलब र ४ सय दिराम मासिक खाना खर्चसहित कुल १ हजार ४ सय दिराम हुनुपर्नेछ।

अर्धदक्ष श्रमिकका हकमा मासिक तलब १ हजार २ सय र खाना खर्च ४ सय गरी जम्मा १ हजार ६ सय दिराम तोकिएको छ। त्यसैगरी, दक्ष श्रमिकको तलब १ हजार ५ सय र खाना खर्च ४ सय गरी जम्मा १ हजार ९ सय दिरामभन्दा कम हुनु नहुने उल्लेख छ। उच्च दक्ष श्रमिकका हकमा तलब ६ हजार र खाना खर्च ४ सय गरी कुल ६ हजार ४ सय दिराम वा सोभन्दा माथि हुनुपर्नेछ।

Screenshot 2025 06 24 141208 https://bajarkochirfar.com/what-is-the-minimum-wage-for-nepali-workers-working-in-the-uae-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स