SHAREHUBSHAREHUB

सामाजिक सन्जालमा ट्रोल बनेको ‘नमस्कार ढोगदिया’ के हो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २४ गते
AdvertisementAds
सामाजिक सन्जालमा ट्रोल बनेको ‘नमस्कार ढोगदिया’ के हो ?
AdvertisementAds

आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको पारिवारिक विवाद टिकटक र युट्युबमार्फत सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ।

केहि दिन अघि आयुषले जब काठमाडौँमा घर बनाए र सबै जनाको लागी रूम देखाए तर आफ्नी आमाको लागी रुम नभएको देखे पछि सबै टिकटक युजर्सले आमाको लागी रूम खै ?भन्दै प्रश्न गर्दा आयुषले चाहिएको समयमा साथ नदिएको, दोस्रो विवाह गरेको, र जग्गाको मुद्दा उठाएको गुनासो गरे।

त्यसको केहि समय पछि उनकी आमा नानु सिंह रुँदै , छोराले संघर्ष गरेको नदेखी आमाको चरित्रमा औंला उठायो भन्दै आइन् । १६ बर्षको उमेरमा विधुवा बनेर छोरा हुर्काएको र आज त्यहि छोराले बुझेन भन्दै आफ्नो कुरा राखिन् । विवादमा आयुषकी प्रेमिका अलिजे जमाली पनि जोडिएकी छिन्। अलिजेले आमालाई आयुषसँग भेट्न समेत नदिएको आरोप् लगाएकी थिइन्। त्यसपछि धेरैजना टिकटक युजर्सहरुले नानुको सपोर्ट गर्दै आयुषले गलत गरेको भन्दै आ-आफ्नो धारणा राखेका थिए ।

पहिले सकारात्मक सम्बन्ध राख्ने आमा–छोराबीच अहिले आरोप–प्रत्यारोपले विवाद चर्किएको छ।

अझ अचम्म त त्यति बेला भयो अघिल्लो दिन त्यहि छोरालाई मैले गरेको दुख देखिनौं भन्दै रुँदै टिकटकमा आएकी आमा नानुले आफ्नो कुरा फेर्दै सामाजिक संजालमा आफ्नो छोरा प्रति सकारात्मक बनेकी छन् । सानो छ बुझ्ने बेला भएको छैन मेरो छोरालाई केहि नभनीदिनु भन्दै आग्रह गरेकी छन् । साथै सम्पूर्ण रुँदै बनाएका भिडियोहरु समेत टिकटकबाट हटाएकी छन् ।

AdvertisementAds

त्यस्तै उता आयुष पनि आफ्नो आमालाई त्यति पनि भन्न नपाउने भन्दै आमाप्रति सकारात्मक बनेका छन् ।

अघिल्लो दिनमा त्यहि आमालाई सपोर्ट गरिरहेका नेपाली टिकटकरहरु अहिले उनलाई रङ्ग फेर्ने छेपारोको नाम दिँदै गाली गरिरहेका छन् । नानुसिंहले टिकटक बनाउनु अगाडी ‘नमस्कार ढोगदिया’ भन्दै सुरुवात गर्ने भएकाले सबैजनाले त्यसैलाई ट्रोल गर्दै बनाएको टिकटकहरु अहिले भाइरल बनिरहेका छन् । ‘नमस्कार ढोगदिया’ शब्द पश्चिमेली भाषामा आदर गरिएको हो।

नानुसिंहको १६ बर्षको उमेरमा प्रहरीसँग विवाह भएको थियो । त्यसको केहि समय पश्चात आयुषको जन्म भयो । जब आयुष ६ दिनका पुगे तब भालुवांग भिडन्तमा परी उनको बाबाको मृत्यु भयो । त्यसपछि बाबाको जागिर नानुसिंह ठकुरीले पाइन् । नानुसिंहले कसैसँग केहि सहयोग नमागी आफ्नो छोराको आवश्यकता पुरा गर्न निकै संघर्ष गरेकी थिइन् । उनले आयुषलाई सानै देखि महँगो स्कुल र कलेजमा पढाइन् ।

केहि महिना अगाडी आयुषकी आमा नानु सौन्दर्य प्रतियोगिताको सहभागी बनेकी थिइन् । त्यसपछि उनलाई सबैले चिन्न थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स