प्रचण्डले देउवालाई फोनमा के भने ? जनार्दन पुगे बूढानीलकण्ठ

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
प्रचण्डले देउवालाई फोनमा के भने ? जनार्दन पुगे बूढानीलकण्ठ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिक विषयमा शुक्रबार छलफल भएको छ।

शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुग्दा दुबै नेताबीच देशको वर्तमान राजनीतिक अवस्थाबारे कुराकानी भएको हो। भेटपछि शर्माले भने, “पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो।”

यसअघि, माओवादी केन्द्रले आजदेखि सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि डडेलधुरा पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई फोन सम्पर्क गरेका थिए।

प्रचण्डको फोन वार्तापछि जनार्दन शर्मा देउवालाई भेट्न पुगेका हुन्।

यो पनि पढ्नुहोस्:ओलीकै पाइला पछ्याउँदै प्रचण्डले डडेलधुराबाट गरे देउवालाई फोन | BAJARKO CHIRFAR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स