ओलीकै पाइला पछ्याउँदै प्रचण्डले डडेलधुराबाट गरे देउवालाई फोन

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
ओलीकै पाइला पछ्याउँदै प्रचण्डले डडेलधुराबाट गरे देउवालाई फोन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले त्यहीँबाट देउवालाई फोन गरेका हुन्।

प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफूले देउवासँग कुराकानी गरेको र देउवाले “मेरो जिल्लामा स्वागत छ” भन्दै अभिवादन गरेको जानकारी दिए।

उनले डडेलधुरामा न्यानो स्वागत पाएको अनुभव सुनाउँदै कांग्रेसका पुराना नेता तथा अन्य दलका नेताहरूसँग पनि भेटघाट र संवाद भएको बताए। यसअघि मंसिर १५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि डडेलधुरा पुगेर देउवासँग फोनमा कुरा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स