बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स कस्तो छ वित्तिय विवरण ?

बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स कस्तो छ वित्तिय विवरण ?

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४३ करोड ३६ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो। त्यस्तै, कर कटौतीपछि कम्पनीको नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा १ करोड ६० लाख २९ हजार रुपैयाँ मात्र थियो।

कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ, भने अन्य इक्विटी ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुगेको छ। पुसमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधार हुँदै २२ रुपैयाँ १९ पैसा पुगेको छ जुन गत वर्षको सोहि आवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.८८ रुपैयाँ मात्र थियो।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ, साथै २ करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा व्यापार ४ अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैयाँ र अन्य आम्दानी ८० लाख ९६ हजार रुपैयाँ मात्र थियो।

विसं २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्समा हालसम्म १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ र ४ हजारभन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। कम्पनीले नेपालमा धागोको माग पूरा गर्दै भारत, टर्की लगायतका मुलुकमा समेत निर्यात गर्दै आएको छ। सुनसरीमा रहेको कारखानाबाट ऊन (उल), सूति (कटन), पोलिस्टर, एक्रेलिक, र भिस्कोस धागो उत्पादन भइरहेको छ। हाल कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स