नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले हाल देखिएका आर्थिक समस्याहरू समाधान गर्न आगामी मौद्रिक नीतिबाट सुधारको प्रयास गरिने बताएका छन्।
नेपाल राष्ट्र बैंक धनगढी शाखाद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले कोभिड महामारीलगायत विभिन्न घटनाले अर्थतन्त्रमा असर पुर्याएको र त्यसको समाधानका लागि गहिरो विश्लेषणसहित नीति बनाइने स्पष्ट पारे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, कृषि ऋणी, तथा अन्य सरोकारवालाका प्रतिनिधिहरू सहभागी थिए।
गर्भनर पौडेलले आफू राष्ट्र बैंकको नेतृत्वमा आएपछि “जनताका समस्याका आधारमा नीति बनाउने” उद्देश्यका साथ काम गरिरहेको बताए। यसै सन्दर्भमा, जेठ २३ गतेदेखि मध्यपहाडी लोकमार्ग हुँदै सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको जानकारी पनि दिए।
उनले भने, “सरोकारवालाका गुनासोका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु।” साथै, उनले आर्थिक गतिविधि सुचारु गर्न तथा समस्या समाधानमा बैंक तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्ध सुदृढ गर्नुपर्नेमा विशेष जोड दिए।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया