कमल थापालाई ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द गर्छौ: लिङ्देनको चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
कमल थापालाई ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द गर्छौ: लिङ्देनको चेतावनी

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि तीव्र प्रतिक्रिया जनाएका छन्। उनले थापालाई ससम्मान फिर्ता नगरेको खण्डमा काठमाडौं ठप्प पार्ने चेतावनी दिएका छन्।आइतबार काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अध्यक्ष थापालाई नियन्त्रणमा लिएपछि लिङ्देनले यस्तो चेतावनी दिएका हुन्।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै लिङ्देनले थापालाई ससम्मान फिर्ता नगरे आन्दोलन थप चर्किने र देशभरबाट कार्यकर्तालाई काठमाडौं बोलाएर निर्णायक संघर्ष सुरु गर्ने बताएका छन्। अध्यक्ष लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ। अब हामी देशभरिबाट साथीभाइहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ।’ उनले भने, “अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?”

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स