‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत छ : विश्वप्रकाश शर्मा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत छ : विश्वप्रकाश शर्मा

प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्।

उपसभापति शर्माले ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागतसमेत गरेका छन्। ‘मतदाताको फैसला स्वीकार्य छ’, उनले लेखेका छन्, ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत।’

प्रतिनिधि सभा निर्वाचन २०७९ मा रास्वपाले पाएको सफलता हेर्दा अहिलेको मतपरिणाम अप्रत्यासित नभएको शर्माको भनाइ छ। ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन’, उनले लेखेका छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स