हामीले डिभोर्सको निर्णय सल्लाह गरेर लिएका हौँ उहाँलाई गाली नगरिदिनु: एलिना चौहान
गायिका एलिना चौहानले अनुभवबाट सिकेर नयाँ जीवन सुरु गर्न चाहेको बताएकी छन्। शनिबार उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै सम्बन्धविच्छेदको निर्णयको बारेमा धारणा राखेकी छन्।
एलिनाले भनिन् कि उनले र उनका पति विष्णु सापकोटाले परिवारको सल्लाहमा सोचेर सम्बन्धविच्छेद गर्ने निर्णय गरेका हुन्। “हामीले बिहे र डिभोर्सको निर्णय सोचेर, परिवारसँग सल्लाह गरेर लिएका हौं। कत्ति कुरा जरुरी भए पछि मात्र हुन्छ,” उनले भनिन्।
विवाह हतारको निर्णय भएको स्वीकार गर्दै, उनले भने कि समय बित्दै जाँदा समस्याहरू बढे र आफूले उनका अपेक्षाहरू पूरा गर्न नसकेको महसूस गरिन्।
एलिनाले, “माया गरेको मान्छेलाई गाली गर्दा आफूलाई बढी पीडा हुन्छ,” भन्दै सबैलाई गाली नगर्न आग्रह गरिन्। उनले आफ्नो जीवन बिगारेको कुरा स्वीकार गर्दै भने, “मलाई यो समयलाई आफूले पुरा गर्न सक्दिन, कृपया मेरो निजी जीवनलाई कमाइको माध्यम नबनाउनुहोस्।”
एलिनाले अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग गत वैशाख ५ मा विवाह गरेका थिए, तर हालै उनले काठमाडौं जिल्ला अदालतमा मानाचामल नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्।