Advertisement
Ads

हामी १०–५ को जागिर खान आएका होइनौं देश र जनताका लागि दिनरात काम गर्न आएका हौँ: प्रधानमन्त्री ओली



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनमा सुधार आवश्यक भए पनि कुनै दललाई फुटाउने वा मिलाउने काम आफूले नगर्ने स्पष्ट पारेका छन्। उनले भने, “दल विभाजन गर्ने सम्बन्धी अध्यादेश ल्याउन लागिएको भन्ने कुरा पूर्णतया झूठ र नकारात्मकता फैलाउने प्रयास हो।”

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले दल मिलाउने र फुटाउने काम भनेको ती दलको आन्तरिक विषय भएको स्पष्ट पारेका थिए। उनले आफू प्रधानमन्त्री हुँदा दल विभाजनको विषयमा अध्यादेश ल्याउने प्रयास गरेको र त्यसको विरोधपछि फिर्ता लिएको उल्लेख गर्दै भने, “विरोध गर्नेहरूले पछि २० प्रतिशत सांसदले पनि दल विभाजन गर्न पाउने व्यवस्था गरेर दल विभाजन गरे। म त्यस्तो कुकर्म गर्न चाहन्न।”


Advertisement

प्रधानमन्त्री ओलीले सरकारका हालका प्रयासहरूलाई जनताको सेवामा केन्द्रित राखेर, राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरिएको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भएको विषयमा फैलाइएका गलत समाचारको विरोध गरे। उनले भने, “यस्ता सूचनाले जनताको सूचनाको हकको घाँटी निमोठिन्छ र लोकतन्त्रको दुरुपयोग हुन सक्छ, त्यसैले पत्रकार महासङ्घले यसको विरोध गर्नुपर्छ।”

उनले जारी नहुँदासम्मको अध्यादेशलाई रातारात जारी गरिएको भन्ने प्रचारको खण्डन गर्दै सरकारको कामलाई जनताको पक्षमा दिनरात नभनि गर्नुपर्ने कुरा दोहोर्याए। “हामी १०–५ को जागिर खान आएका छैनौँ, देश र जनताका लागि दिनरात काम गर्न तयार छौं,” उनले भने।

प्रधानमन्त्री ओलीले सञ्चार क्रियाकलापका नाममा कीर्ते र जाली काम रोक्न सरकारले कानुन ल्याउने जानकारी पनि दिए। उनले पत्रकारहरूको पेसागत सुरक्षा सुनिश्चित गर्न राज्यले भूमिका निभाउनुपर्ने विश्वास व्यक्त गरे।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर