instainsta

सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन सम्भव नभएर हामीले वित्त कोषको व्यवस्था गरेका छौँ: अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन सम्भव नभएर हामीले वित्त कोषको व्यवस्था गरेका छौँ: अर्थमन्त्री पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अवस्थामा केवल राजस्वबाट विकास निर्माणका आवश्यकताहरू पूरा गर्न सम्भव नरहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको व्यवस्था गरेको जानकारी दिए।

उनका अनुसार, देशको पूर्वाधार निर्माणमा देखिएको वित्तीय अभावलाई पूर्ति गर्न उक्त कोष महत्वपूर्ण हुनेछ। सीमित स्रोतले विकासका लक्ष्यहरू हासिल गर्न कठिन हुने भन्दै उनले निजी क्षेत्रको सहकार्य आवश्यक रहेको औंल्याए।

“यस बजेटले लागत र प्रतिफलको सन्तुलन मिलाएर निजी क्षेत्रलाई लगानीका लागि ढोका खोलेको छ,” पौडेलले भने, “यसले स्रोत व्यवस्थापनको चुनौतीलाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ।”

साथै, उनले दीर्घकालमा पूर्वाधार निर्माण गर्न सक्ने गरी राजस्वको क्षमता विस्तार गर्नु जरुरी रहेको धारणा पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स