सेयर बजारमा ‘वाग्ले इफेक्ट’: ८३ अंकले नेप्से बढ्दा झन्डै ११ अर्बको कारोबार

सेयर बजारमा ‘वाग्ले इफेक्ट’: ८३ अंकले नेप्से बढ्दा झन्डै ११ अर्बको कारोबार

लगातार ओरालो लागेको सेयर बजार सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आश्वासनपछि सुधारिएको छ। रास्वपा सरकार गठनपछिको लगातार घट्दै गएको नेप्से सूचक सोमबार ८३.३३ अंकले बढेर २७६०.०२ बिन्दुमा बन्द भएको छ।

सरकार गठनयता नेप्से कुल २७३.४६ अंकले घटिसकेको थियो। लगानीकर्ताहरूको भनाइअनुसार, सरकारले सेयरबजारबारे स्पष्ट सम्बोधन नगरेको कारण डर र अनिश्चयता बढेको थियो।

त्यस्तै, ठूला सेयर लगानीकर्ता पक्राउ परेको खबरले बजारलाई अझ त्रसित बनाएको थियो। तर, सोमबार अर्थमन्त्रीको आश्वासन र आगामी दिनमा सुधार आउने संकेतले बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ।

आजको कारोबार रकम १० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। सोमबार ३४५ कम्पनीको सेयर किनबेच भएकोमा २६४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ।आज अधिकांश कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरूमा उपकार लघुवित्त, रिडी पावर, नेशनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, र सुर्य कुण्ड हाइड्रोपावर रहेका छन्।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 1 https://bajarkochirfar.com/waggle-effect-in-the-stock-market-nepse-rises-by-83-points-generating-turnover-of-nearly-rs-11-billion | %tags

 

त्यस्तै, आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा रिलाइन्स स्पिनिङ, नारायणी विकास बैंक, र भगवती हाइड्रोपावर रहेका छन्।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks 1 https://bajarkochirfar.com/waggle-effect-in-the-stock-market-nepse-rises-by-83-points-generating-turnover-of-nearly-rs-11-billion | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स