एकथान सांसद मात्र होइन, देश जोगाउन ‘नेपाल र नेपाली प्रथम’ भन्नेलाई मत दिनुहोस्: राजेन्द्र लिङ्देन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
एकथान सांसद मात्र होइन, देश जोगाउन ‘नेपाल र नेपाली प्रथम’ भन्नेलाई मत दिनुहोस्: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदातालाई “नेपाल र नेपाली प्रथम” भन्ने विचारलाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरेका छन्। बिहीबार काठमाडौं–२, थलीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी प्रतिनिधि सभा निर्वाचन केवल सांसद छान्ने र सरकार निर्माण गर्ने मात्रै नभई देशलाई सुरक्षित राख्दै अघि बढाउने अवसर पनि भएको बताए।

लिङ्देनले मतदातालाई असफल वा स्पष्ट दृष्टिकोण नभएका उम्मेदवारलाई मत दिने कि देशमा शान्ति, स्थिरता र विकासका लागि काम गर्ने उम्मेदवारलाई मत दिने भन्ने कुरा बुझ्न आग्रह गरे। उनले वर्तमान समयमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने विकल्प राप्रपा मात्र भएको बताए। साथै, नयाँ–पुराना सबै राजनीतिक शक्तिलाई समेटेर देशलाई केन्द्रमा राखी अघि बढाउने र आगामी संसदमा बलियो उपस्थितिका लागि राप्रपाको समर्थन आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, काठमाडौं–२ बाट राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलले युवाहरूको बलिदानपछि चुनाव हुन लागेको भन्दै युवाहरूको भविष्य निर्माणका लागि आफू चुनावी मैदानमा उत्रिएको बताइन्। सो क्षेत्रमा राप्रपा उम्मेदवार पोख्रेलसहित नेकपा एमालेबाट मणिराम फुयाल, कांग्रेसबाट कविर शर्मा, नेकपा (माओवादी) बाट नितेश पौडेल र रास्वपाबाट सुनिल केसी चुनावी प्रतिष्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स