गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीले अग्रता लिएका छन्। पछिल्लो प्राप्त परिणाम अनुसार पन्थी ५०३ मतका साथ पहिलो स्थानमा छन्। उनलाई गोकर्ण विष्टले २९९ मतका साथ पछ्याइरहेका छन्। पन्थी र विष्टबीचको मतान्तर २०४ रहेको छ। नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ २५७ मतका साथ तेस्रो स्थानमा छन्। एमालेको ‘लालकिल्ला’ मानिने यस क्षेत्रमा रास्वपाको सुरुवाती अग्रताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया