विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । बैशाख १६ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ४४ करोड ५४ लाख रुपैयाँ बराबरको ४४ लाख ५४ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ।आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। कम्पनीले सर्वसाधारणका लागि ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ५१ प्रतिशत संस्थापक समूहको हुनेछ।




















प्रतिकृया