यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर जारी गरेको हो, जसअनुसार १०० कित्ता बराबर १० कित्ता (१०:१ अनुपात) मा सेयर प्रदान गरिनेछ।
यस योजनाअन्तर्गत कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन्।
रेटिङ्गतर्फ, इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन चाहने सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तथा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत सि-आस्वा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया