‘सिटिजन्स सदाबहार योजना’का इकाइ आजदेखि बिक्री खुला

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
‘सिटिजन्स सदाबहार योजना’का इकाइ आजदेखि बिक्री खुला

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सदाबहार योजनाका इकाइहरू आज असार १३ गतेदेखि बिक्रीमा आएका छन्। नेपाल धितोपत्र बोर्डले असार २ गते यो खुलामुखी योजनाका इकाइ बिक्रीका लागि अनुमति दिएको हो। योजनाअन्तर्गत १० रुपैयाँ अंकित मूल्यमा कुल ५ करोड इकाइ जारी गरिएको छ। जसमध्ये बीज पूँजी स्वरूप न्यूनतम ७५ लाख इकाइ (वा कुल बिक्रीको न्यूनतम १५ प्रतिशत) सिटिजन्स बैंक इन्टरनेशनलले सुरक्षित राख्नेछ भने बाँकी ४ करोड २५ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलका अनुसार लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ। इकाइ बिक्री छिटोमा असार १७ गते बैंकिङ समयपछि बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नआएमा बिक्री म्याद असार २७ गतेसम्म बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स