युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालिमा सभा सम्पन्न गरिएको हो।
सभाले हाल कायम २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने १ करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएअनुसार कम्पनीले यसअघि १५ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको थियो। तर, बोनस वितरणपछि पूँजी वृद्धि हुने भएकाले सभाले हकप्रद सेयरलाई संशोधन गर्दै १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्दै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया