यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालका सेयरधनीहरूका लागि १०० कित्ता बराबर १० कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत बराबर, प्रति सेयर १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ। त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले वैशाख १६ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
उक्त हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया