यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन प्रस्तावसहित आगामी वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ। सभा ललितपुरको कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११:३० बजेबाट सुरु हुने जनाइएको छ।
सभामा सर्वसाधारणलाई सेयर निष्काशन (आईपीओ) सम्बन्धी प्रस्ताव पारित गरिनेछ।
साथै, अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र आगामी वित्तीय कार्ययोजना तय गर्ने प्रस्तावहरू समेत सभामा पेस गरिनेछन्।



















प्रतिकृया