युनियन हाइड्रोपावरको नाम परिवर्तन, अब कुन नामले चिनिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १४ गते
युनियन हाइड्रोपावरको नाम परिवर्तन, अब कुन नामले चिनिने ?
AdvertisementAds

युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ। अब कम्पनी ‘युनियन हाइड्रो कम्पनी’ नामबाट सञ्चालनमा आउने भएको छ।

कम्पनीको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभाले नाम परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो। सोही प्रस्तावअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले वैशाख ३० गते नाम परिवर्तनका लागि स्वीकृति दिएको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार साविक ‘युनियन हाइड्रोपावर’को नाममा रहेका चल–अचल सम्पत्ति, कर दायित्व तथा अन्य सम्पूर्ण दायित्वहरू परिवर्तित नाम ‘युनियन हाइड्रो कम्पनी’ले नै व्यहोर्नेछ।

यसैबीच, कम्पनीको कार्यालय ठेगाना पनि परिवर्तन गरिएको छ। यसअघि ललितपुर महानगरपालिका–३, धोबीघाटमा रहेको कम्पनीको कार्यालय अब काठमाडौं महानगरपालिका–नक्सालमा कायम गरिएको सूचनामा उल्लेख छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स