युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ। सभाले १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यससँगै कम्पनीले विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि प्रक्रिया अघि बढाउनेछ।
कम्पनीले आफूलाई “युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड” मा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ, जसअनुसार नाम परिवर्तन र आवश्यक कानुनी संशोधन गरिनेछ। हकप्रदबाट संकलित रकम २३ मेगावाट क्षमताको आयू मयू खोला जलविद्युत आयोजनामा लगानी गरिनेछ, जसको निर्माण कार्य करिब २५ प्रतिशत पूरा भइसकेको छ।
कम्पनी हाल पूर्ण रूपमा ऋणमुक्त भएको र अब दोस्रो बजारमा पनि लगानी गर्न पाउने स्वीकृति प्राप्त गरेको जानकारी सभामा दिइयो। सेयरधनीहरूले यी योजनालाई उत्साहजनक रूपमा समर्थन गरेका छन्।










![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)

![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)





प्रतिकृया