युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४३ प्रतिशतले बढेर २ करोड १९ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट ३.१५ प्रतिशतले बढेर ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ६३ लाखबाट घटेर २७ लाख कायम भएको छ, जसले कम्पनीको नाफा बढेको हो।
७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा २४ लाख ३ हजार रुपैयाँ रहेको छ।समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ३२ पैसा छ।
















प्रतिकृया